Logo

बैंक / बिमा /शेयर

आइसिएफसी फाइनान्सद्वारा लाभांश पारित


GDP नेपाल
   ६ पुस २०७८, मंगलबार


काठमाडौँ ।

आइसिएफसी फाइनान्सले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीले हालसम्म २० वटा शाखा तथा एक एक्सटेन्सन काउन्टर र १९ वटा एटीएममार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । यसैगरी चालु आवसम्म १५ अर्ब २० करोड निक्षेप रुपैयाँ संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह