Logo

बैंक / बिमा /शेयर

खोटाङको रावाबेँसीमा वाणिज्य बैंकको नयाँ शाखा


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मङ्गलबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

हरमटारमै बैंकको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि ६ घण्टा पैदलयात्रा गरी सेवा उपभोग गर्न दिक्तेल बजार धाउनुपर्ने बाध्यता थियो । दश स्थानीय तह रहेको जिल्लामा योसहित हाल पाँच शाखा सञ्चालनमा छन् । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह