Logo

बैंक / बिमा /शेयर

प्राइम कमर्सियल बैंकको लाभांश पारित


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौं ।

प्राइम कमर्सियल बैंकको १४औँ वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले बैंकले २ अर्ब ५७ करोड ३२ लाख बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।

साधारणसभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालकमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह