Logo

बैंक / बिमा /शेयर

आरएमडिसी अघुवित्तले डाक्यो साधारण सभा


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौं ।

आरएमडिसी अघुवित्त वित्तिय संस्थाले २३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाले लाभांश पारित गर्ने प्रस्तावसहित पुस ३० गतेका लागि सभा आह्वान गरेको हो । सभा अमृतभोग कालिका स्थान बिहान ११ बजे हुने भएको छ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले घोषणा गरेको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै, सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न उपयुक्त देखिएकामा आवश्यक सम्पूर्ण कार्यहरु अगाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १८ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह