Logo

बैंक / बिमा /शेयर

पाँचथर पावरद्वारा साधारण सभा आह्वान


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौँ ।

पाँचथर पावर कम्पनीले छैँठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पौष २८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यममार्फत बैठक बस्ने निर्णय गरेको छ ।

बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ३ वटा एजेन्डा सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १४ गते एक दिन कम्पनीको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह