Logo

बैंक / बिमा /शेयर

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौं।

मितेरी डेभलपमेन्ट बैंकले पुस २८ गते १६औं वार्षिक सधारण सभा बोलाएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गर्ने छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभामा कम्पनी अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह