Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   ८ पुस २०७८, बिहिबार


काठमाडौँ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौँ वार्षिक साधारण सभा बोलाएको हो । सभामा कम्पनीको सञ्चालक समितिले घोषणा गरेको लाभांश प्रस्ताव पारित गरिने छ ।

समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीका अनुसार सभा पुस २९ गते बिहान ११ बजे होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकम सम्पन्न हुने छ ।

सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह