Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकले डाक्यो साधारण सभा


GDP नेपाल
   ८ पुस २०७८, बिहिबार


काठमाडौं ।

कृषि विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले घोषणा गरेको २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा उपस्थित हुन सेयरधनीलाई आग्रह गरेको छ । सभा गर्न बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह