काठमाडौँ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । सभामा फाइनान्सले घोषणा गरेको लाभांश पारित गरिने छ ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सयेरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सभा पुस २९ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ ।
सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस २२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनुका साथै फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया