Logo

राजनीति

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग


GDP नेपाल
   ८ पुस २०७८, बिहिबार


काठमाडौँ ।

युवा नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । उनले एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने जनाउँदै पार्टी परित्यागको जानकारी दिएकी हुन् ।

दर्शनाले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन् ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु ।’

यस्तै, आफू तत्कालका लागि कुनै पार्टिमा आबद्ध नरहने उनले जनाएकी छन् ।

‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ‘, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह