काठमाडौं ।
मध्य भोटेकोशीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सर्वसाधारणहरुमा वितरण गरिएको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ६० लाख कित्ता, कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता कर्मचारीमा १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीमा ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीमा २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख कित्ता शेयर समेत गरी जम्मा ६ करोड कित्ता शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमिजिम मिति २०७८ पौष ७ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।
सूचीकृत शेयरको करोबार पौष ११ गतेबाट गरिने छ भने पहिलो करोबारको रेन्ज ९४।३९ देखि २८३।१७ रहेको छ।
प्रतिक्रिया