Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै लक्ष्मी बैंकको साधारणसभा सम्पन्न


GDP नेपाल
   ९ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

लाभांश प्रस्ताव पारित गर्दै लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहिबार बसेको बैंकको साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह