Logo

बैंक / बिमा /शेयर

स्वाभिमान लघुवित्तकाे पाँचौं वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   ९ पुस २०७८, शुक्रबार


रुपन्देही ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले तिलोत्तमा-५ रुपन्देहीस्थित आफ्नो केन्द्रीय कार्यालयमा ३४ प्रतिशत लाभांश पारित गर्दै सभा सम्पन्न गरेको हो ।

सभाले चुक्ता पुँजीका लागि ९ करोड २० लाख ५० हजारको ३२ दशमलव ३० प्रतिशत बोनस र १ दशमलव ७० प्रतिशत कर प्रायोजनार्थ नगद प्रस्तावलगाएत आर्थिक वर्ष २०७७/०७८को वार्षिक प्रतिवेदन पारित गरेको हो ।

यस्तै, सभाले संचालक समितिको अध्यक्षमा नारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

हालसम्म देशभरका ७ जिल्लामा ३४ वटा शाखा रहेको सो संस्थाको लगानी १ अर्ब ७२ करोड ६८ लाख रहेको छ भने ५५ करोड बचत रहेको छ ।

 

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह