काठमाडौँ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधीनलाई वितरण गरेको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि सेयरधनीले उक्त बोनस सेयर किनबेच गर्न सक्नेछन् ।
प्रतिक्रिया