काठमाडौँ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ ।
कम्पनीकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्।
प्रतिक्रिया