Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   ९ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बसेको सभाले १३ प्रतिशत बोनस शेयर र ०.६८२४ प्रतिशत नगद (कर प्रयोजन) सहित कुल १३.६८४२ प्रतिशत लाभांश पारित गरेको हाे ।

यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावपनि पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभा कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह