Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न आँधिखोला लघुवित्तले डाक्यो साधारण सभा


GDP नेपाल
   ११ पुस २०७८, आइतबार


काठमाडौँ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुष ३० गते होटल गाउँबेशीको सभाहल, वालिङ–८, स्याङ्जामा सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पनि छलफल गरी पारित गर्नेछ ।

यसैगरी आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १८ गतदेखि पुष ३० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

 

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह