Logo

सूचना/प्रविधि

माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै


GDP नेपाल
   ११ पुस २०७८, आइतबार


काठमाडौँ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२२’ मेला आयोजना गर्ने भएको छ ।

क्यानका अनुसार कार्यक्रम भौतिक एवं भर्चुवल दुवै रुपमा आयोजना हुनेछ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण ६ दिनसम्म चल्नेछ ।

यसअघि गत बैशाख २८ देखि जेठ २ गतेसम्मका लागि तय गरिएको मेला कोभिड-१९ को दोश्रो लहरका कारण पछि सरेको थियो ।

 

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह