Logo

बैंक / बिमा /शेयर

जोशी हाइड्रोपावरले एकैसाथ बोलायो तीन आर्थिक वर्षको साधारण सभा


GDP नेपाल
   १२ पुस २०७८, सोमबार


काठमाडौँ ।

जोशी हाइड्रोपावरले एकैसाथ तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले माघ ३ गतेका लागि ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११:३० बजे तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको पुस ११ गते बसेको सञ्चाक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी, सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन्

प्रकाशित : १२ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह