काठमाडौँ ।
कारोबार खुलेको दोस्रो दिन पनि मध्य भोटेकोशीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२१ रुपैयाँ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १३ लाख ६७ हजार २३१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
आइतबार कारोबार खुला भएको मभ्य भोटेकोशीको सेयरमूल्य पहिलो दिनै १० प्रतिशतले बढेर प्रतिकित्ता ११० रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया