Logo

बैंक / बिमा /शेयर

तीन कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?


GDP नेपाल
   १३ पुस २०७८, मंगलबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले मंगलबार महालक्ष्मी विकास बैंक, निर्धन उत्थान र नेपाल हाइड्रो डेभलोपर्सको सेयर समायोजन गरेको हो ।

बैँकको २० प्रतिशत, निर्धन उत्थान को २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रोको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह