Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   १४ पुस २०७८, बुधबार


काठमाडौँ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा सभा आह्वान गरेको हो । सभाले आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २७ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस २६ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामाा भाग लिन पाउनेछन् ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह