काठमाडौँ ।
माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको आर्थिक विवरण ९वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु० माथि छलफल र स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समुहबाट निर्वाचित संचालक शिव प्रसाद त्रिपाठीले राजिनामा दिई रिक्त रहेको पद निर्वाचनद्धारा पूर्ति गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले पुष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया