Logo

बिजनेस होम

वीरगञ्जका होटल तथा रेष्टुराँको स्तरीकरण हुने


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


वीरगञ्ज ।

वीरगञ्ज र आसपासका क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुराँको स्तरीकरण गर्ने भएको छ ।

नेपालको आर्थिक विकासको आधारमध्ये पर्यटन क्षेत्र पनि प्रमुख रहेको र प्रदेश नं २ को पर्यटकीय विकासका लागि वीरगञ्ज आधार बन्दै गएकाले वीरगञ्जमा सञ्चालित होटलको स्तरीकरण र वर्गीकरण गर्न लागिएको हो ।

होटल रेष्टुराँ स्तरीकरण निर्देशिका–२०७४ बमोजिम यहाँ सञ्चालित होटेल, रेष्टुराँ, पार्टी प्यालेस र मिठाई पसललगायतको खाद्य स्वच्छता, गुणस्तर र स्तरीकरणका लागि पहिलो चरणमा लोगो वितरण गर्ने तयारी गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।

उहाँका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइनेछ । स्तरीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका पचास प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम ९सन्तोषजनक० र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र ९क० सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ ।

यो लोगोे पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र ९ख० सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी ९सन्तोषजनक०को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र ९ग० सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा ९घ० सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ ।

यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कनको मापदण्डमा उल्लेख छ ।

होटलको स्तरीकरण र वर्गीकरणले पर्यटक अर्थात् ग्राहक आफैँले पनि होटल छनोट गर्न पाउने र सेवा सुविधा रोजाइअनुसार पाउने गरी थप सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष पन्तको भनाइ छ । यसले होटलको सेवामा प्रतिस्पर्धा बढ्नुका साथै गुणस्तरीय पनि हुने उहाँले बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि होटलको स्तरीकरण र वर्गीकरण आवश्यक रहेकाले वीरगञ्जको मुख्य बजारमा सञ्चालित होटल थप स्तरीकरण गरिने योजना बनाइएको छ । पर्यटकलाई आकर्षित बनाउन स्तरीय होटल र सेवाको बारेमा पहिचान स्थापित गराउन स्तरीकरण आवश्यक देखिएको अध्यक्ष पन्तको भनाइ छ ।

पर्यटनको पूर्वाधार होटल नै भएकाले यहाँको पर्यटन विकासमा होटलको महत्वपूर्ण भूमिका रहेकाले प्रदेश नं २ को खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको टोलीले वीरगञ्ज क्षेत्रका होटल व्यवसायीका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रदेशको स्थायी राजधानी वीरगञ्ज हुनुपर्छ

पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरीले प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने माग गर्नुभएको छ ।

उहाँले वीरगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै वीरगञ्ज प्रदेश नं २ को एकमात्र महानगरपालिका र आधुनिक सहर भएकाले यसलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने माग गर्नुभएको हो ।

देशकै आर्थिक राजधानीको रुपमा स्थापित वीरगञ्जले आर्थिक, सांस्कृतिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका लागि वीरगञ्ज हव रहेको चर्चा गर्दै उहाँले वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाइनुपर्नेमा जोड दिनुभयो । जनकपुर धार्मिकस्थल भएकाले त्यो पूजापाठका लागि उपयुक्त स्थान भएको भए पनि राजधानीका लागि वीरगञ्ज नै उपयुक्त रहेको उहाँको भनाइ छ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह