Logo

बिजनेस होम

चन्द्रागिरी टिकट बुकिङ्गमा ३० प्रतिशत छुट


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३०५ क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

उक्त अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि पौष १७ गतेसम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह