Logo

बैंक / बिमा /शेयर

आइपिओ निष्कासन गर्ने तयारीमा सर्वोत्तम सिमेन्ट, बोलायो साधारण सभा


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


काठमाडौं ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । बैठक तिनकुने, काठमाडौं स्थित आफ्नै कार्यालयको पाँचौ तलाको हलमा विहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ । सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती गर्ने छ । साथै धादिङ्ग जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगगढीमा रहेको चुनढुङ्गा भण्डारणको उत्खनन कार्याका लागि रू। १५ करोड एक लाखमा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट भएको निर्णय बमोजिम खानी खरिद गरिएको हुँदा सो निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।

यस अघि कम्पनीले गत असार १० गते विशेष साधारण सभा सम्पन्न गरी २० प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीले रू। ३ अर्ब ४० करोड चुक्तापूँजीको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभाले संस्थापक तर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारण तर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ । कम्पनीले गत वर्षको माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट पनि आईपीओ विक्रीको प्रस्ताव पारित गरेको थियो । आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह