Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक १६औं वर्षमा प्रवेश


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


ग्लोबल आइएमई बैंक स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ ।

काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरेका छन् । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरे ।

बैंकका अध्यक्ष ढकालले उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ ।

बैंकले आफ्नो स्थापनाको १५औँ वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह