Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके स्मार्ट सेभिङ एकाउन्ट’ सार्वजनिक गरेको छ।

‘कारोबार अब अझ फटाफट’ भन्ने मूल नाराका साथ ग्राहकहरुलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

उक्त बचत खाता ग्राहकहरुले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खोल्न सक्नेछन्।

बैंकका अनुसार यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५ प्रतिशत वार्षिक ब्याजदर सहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके इ(कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन्।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह