Logo

बैंक / बिमा /शेयर

नयाँ बानेश्वरमा लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउण्टर


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


लक्ष्मी बैंकले काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा आफ्नो दशौं ंएक्स्टेन्सन काउण्टर स्थापना गरेको छ ।

सो नयाँ एक्स्टेन्सन काउण्टरसँग बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन् । बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह