Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूकाे ‘बीओके रेमिट बचत खाता तथा मुद्दति खाता’ संचालनमा


GDP नेपाल
   २१ पुस २०७८, बुधबार


बैंक अफ काठमाण्डू लिमिटेडले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले बिओके रेमिट बचत खाता तथा मुद्दति खाता सार्वजनिक गरेको छ ।

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्दति खाता संचालनमा ल्याएको हो ।

विदेशमा श्रम गरिरहेका नेपालीले सो बचत तथा मुद्घती खाता खोल्न सक्नेछन् । यो खाता खोल्दा ग्राहकले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउने बैँकले जनाएको छ । साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफलसहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक बिशेषताहरु समेत रहेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह