Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


गरिमा विकास बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बिहीबार बिहान बसेको बैँकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले सहारा विकास बैंकले प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो । यसर्थ, बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ । गत वर्ष बैंकले १६.१५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यता, बैंकले सहारा विकास बैंक प्राप्ति गरेर एकिकृत कारोवार भएपछि सेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने जनाएको छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह