Logo

बैंक / बिमा /शेयर

मध्य भोटेकोशीको सेयरमूल्यमा सकारात्मक सर्किट


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको अन्तिम कारोबारको दिन पनि मध्य भोटेकोशीको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

सेयरमूल्यमा लगातार सकारात्मक सर्किट हानिरहेको यस आयोजनाको कारोबार अघिल्लो सातामात्रै खुलेको थियो । कारोबारको पहिलो दिन १० प्रतिशतले बढेको मध्य भोटेकोशीको सेयरमूल्य आज दोस्रो साताको कारोबारको अन्तिम दिन पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, मार्केट डेपमा ४ लाख ९२ हजार ९२५ कित्ता सेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह