भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित भएको छ ।
जनवरी १० देखि १२ सम्म आयोजना हुने भनिएको सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादूर देउवा पनि सहभागि हुने भएका थिए । भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दे गुजरात सरकारले सो कार्यक्रम स्थगित गरेकाे हाे ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीले जनवरी ९ तारेखदेखि भारत भ्रमणमा जाने निधो गरेको थियो ।
सो सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम रहेको थियो ।
प्रतिक्रिया