Logo

बैंक / बिमा /शेयर

युनिमनीको ‘र्याफल ड्र क्याम्पियन’: आइफोन १३ देखि सुनको सिक्का जित्ने मौका


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्याफल ड्र क्याम्पियन’ मा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

र्याफल ड्र क्याम्पियनमा युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 13 साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सो क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि रहेको छ ।

विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जना गरेर  पुरस्कार विनियोजन गरिएको छ ।

सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भने “हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं । हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उक्तरोत्तर प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु ” ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह