Logo

राजनीति

बतास समूहमा मेरो संलग्नता छैन : आरजु राणा


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संग्लनता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी कलेज, उल्लेन्स स्कुल र ब्लड डोनर्स एसोसिएशन अफ नेपालबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट हालै केन्द्रीय सदस्यमा निर्वाचित डा राणाले आफ्नो संलग्नताको विषयलाई जोडेर सम्प्रेषित समाचारका सम्बन्धमा स्पष्ट पार्नुभएको हो ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह