Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै एनएमबि बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   २३ पुस २०७८, शुक्रबार


एनएमबि बैंकको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।

पौष २२ गत सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीकाृ १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी ) पारित गरेको छ ।

लाधांश पारित भएसँगै बैँकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने बताइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न भएको सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

यस्तै, दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021” / “Bank of The Year Nepal 2021 ले बैंकलाई सम्मानित गरेको छ । बैंकले यसअघि २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

प्रकाशित : २३ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह