Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै ज्योति विकास बैँकको साधारण सभा सम्पन्न


GDP नेपाल
   २३ पुस २०७८, शुक्रबार


ज्योति विकास बैँकको १४ औँ साधारण सभा सम्पन्न भएको छ ।

सभाले हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रु ४।२६ अर्ब पुगेको छ। यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ। साधारण सभाले बैँकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

त्यस्तै, बैँकले सभाको अवसरमा तम्घास, मुर्गिया र टाँडीमा तीन नयाँ शाखा कार्यालयको उद्घाटन पनि गरेको छ। योसँगै ब्यांकका शाखा कार्यालयको सङ्ख्या १०८ पुगेको छ।

प्रकाशित : २३ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह