Logo

बैंक / बिमा /शेयर

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीलाई अवार्ड फर कर्पाेरेट एक्सिलेन्स


GDP Nepal
   २५ पुस २०७८, आइतबार


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् ।

काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै सीईओ खुञ्जेलीलेले अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै े यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताइन् ।

सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइओ समेत हुन् । उनँकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनीँ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह