Logo

बिजनेस होम

नेपाल लाइफको सिनियर डेपुटी सीईओ बने प्रवीणरमण पराजुली


GDP Nepal
   २५ पुस २०७८, आइतबार


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन्। पराजुलीले आइतबारबाट कम्पनीमा कार्यभार सम्हालेका छन्।

नेपाल लाइफमा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए।
उनी ६ महिनापछि नेपाल लाइफको सीईओ बन्नेछन् ।

बिमा समितिको निर्देशनअनुसार एउटा बिमा कम्पनीबाट अर्कोमा जाँदा ६ महिनाको कुलिङ लाग्छ। त्यही भएर उनी अहिले सिनियर डेपुटी प्रमुख कार्यकारीमा भएका हुन्।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए। संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल साबित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रूपमा लिएको बताए।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह