कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले विश्वव्यापी रुपमा पछिल्ला केही दिनमा कोरोना संक्रमणको नयाँ स्वरुप फैलिएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई सरकार र विश्व स्वास्थ्य संगठनको सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाह गर्न आग्रह गरेको हो । राष्ट्र बैँकको निर्देशन अनुसार सेवाग्राहकीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्नेछ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथको ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्नुपर्ने राष्ट्र बैँकले जनाएको छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
प्रतिक्रिया