नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
सीईओ नियुक्ति तथा सिफारिस समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठको नाम दोस्रो चरणमा सिफारिस गरेको हो । नेप्सेको सीईओका लागि कुल ११ आवेदन परेको थियो । समितिले सो सिफारिस अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको जनाइएको छ । अब मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एक जनालाई सीईओ छनोट गर्नेछ ।
प्रतिक्रिया