हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ ।
उक्त शाखाबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैँकले जनाएको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।
यससँगै बैँकले देशभर ७४ शाखा , ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५,००० भन्दा बढी पिओएस टर्मिनलमार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया