कृषि विकास बैंकको १५ ओँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको हो । साथै, सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने आव २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया