Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   ३० पुस २०७८, शुक्रबार


सेञ्चुरी कमर्सियल बैंकको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै सेञ्चुरी बैंकको गत असार मसान्तमा कायम ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रूपैयाँमा ५.७५ प्रतिशत रकम बोनस शेयर दिने भएको छ । यस्तो रकमबाट ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रूपैयाँ बराबरको बोनस शेयर वितरण हुने भएको छ ।

बाँकी ०.३० प्रतिशतले हुन आउने दुई करोड ७३ लाख ४१ हजार ३६ रूपैयाँ भने कर प्रयोजनको लागि दिने प्रस्ताव पारित भएको बैंकले जानकारी दिएको छ । बोनस शेयरपछि यो बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रूपैयाँ हुने भएको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह