Logo

बैंक / बिमा /शेयर

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स सम्झौता


GDP नेपाल
   २ माघ २०७८, आइतबार


एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ।

यसअघि विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी दुई पक्षबीच रणनीतिक साझेदारी भैरहेको थियो।

यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विनाझन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ। यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्थासमेत रहेको छ।

यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ।

नेपालीहरूले वर्ल्ड रेटिम एपका अलावा यसको वेबसाइटमा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्छन्। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुरलगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह