Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको गैरआवासीय नेपाली लक्षित निक्षेप खाता


GDP नेपाल
   २ माघ २०७८, आइतबार


बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै बीओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ।

विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकहरुलाई बैंकले खाता खोली उच्चतम प्रतिफल लिन अनुरोध पनि गरेको छ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र जापानी येन मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन्।

यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम ५‍‍.५ प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउनेछन्।

साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्ने भएका छन्।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह