महालक्ष्मी विकास बैंकको साधारणसभा दोस्रो पटक स्थगित भएको छ ।
बैंकका सेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले बैंकको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । उक्त रिटमा अदालतले बैँकलाई कारण देखाउ आदेश जारी गर्दै सभा रोक्न आदेश दिएको हो ।
यस अघि पौष २५ गते बस्ने भनिएको बैँकको साधारण सभा गणपूरक संख्या नपुगेर स्थगित भएको थियो । सभा प्रयोजनका लागि बैंकले पौष १३ गते बुक क्लोज गरिसकेको थियो ।
प्रतिक्रिया