लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैँकले माघ ३ गते सोमबारदेखि ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख” लाइन स्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रूपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा सञ्चालनमा ल्याएको हो । दुईवटा नयाँ शाखाहरुको बिस्तारसंगै हाल यस बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।
यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया