Logo

बिजनेस होम

मेरिनाको सुविधा अब घर-घरमा


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दिन प्रति दिन बढ्दै जाँदा मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अब घरमै बसी बसी मन परेको लुगा सिलाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बढ्दो कोरोना संक्रमणबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित गर्ने अभिप्रायले आफुहरुले यस कार्यक्रमलाई अघि सारेको मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले जानकारी दिनुभयो । सरकारले जारी गरेको कोभिड सम्बन्धि नयाँ निर्देशिकालाई पालना गर्दै विवाह र ब्रतबन्धलाई लक्षित गर्दै मेरिनाले यो सुविधा अघि सारेको जनाएको छ ।

यो योजना अन्तर्गत अब ग्राहकले घरमै बसी बसी सुट, पार्टी ड्रेस, विवाहको लुगा आदि सिलाउन सक्नेछन् । जसका लागि मेरिनाले घरमै गएर शरीरको ट्रायल तथा डेलिभरिको समेत सुविधा उपलब्ध गराउने कम्पनीका निर्देशक बस्नेतले बताउनुभयो ।

मेरिनाले हाल न्यूरोड, बागबजार, गाबाहाल (पाटन) र गंगबु शाखाबाट यो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह