नेपाल बंगलादेश बैंक (एनबी) को कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई बैंकको कामु सीईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा २० बर्ष लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ पदमा कार्यरत रहेका थिए ।
प्रतिक्रिया